उपसभामुखको निर्वाचन शनिबार दिउँसो

उपसभामुखको निर्वाचन शनिबार दिउँसो

प्रतिनिधि सभाका उपसभामुखको निर्वाचन पर्सि शनिबार हुने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

उपसभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन कार्यसूचीबमोजिम भोलि १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय छुट्टयाइएको छ ।

भोलि नै अपरान्ह सवा ४ बजे उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ । त्यसपछि उपसभामुखको निर्वाचन शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा हुने बताइएको छ ।


 

टिप्पणीहरू