चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवको प्रतिवेदन विदेशी भाषामा

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवको प्रतिवेदन विदेशी भाषामा

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदन र महाधिवेशनले पारित गरेको सिपिसीको विधान विश्वका १० वटा विदेशी भाषामा प्रकाशित भएका छन् ।

चीनको विदेशी भाषा प्रेसले प्रतिवेदनलगायत विधान अंग्रेजी, फ्रेञ्च, रुसी, अरबी, स्पेनिस, पोर्चुगिज, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको जनाएको छ । स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अंग्रेजी पाठ समावेश गरी पुस्तकाकारमा दुई वटा भाषा संस्करण पनि जारी गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

पुस्तकमा चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर मुलुक निर्माणको महान् कार्यमा एकताबद्ध भएर लाग्न महासचिव सीले दिनुभएको निर्देशनलगायत विषय समेटिएको छ ।
 

टिप्पणीहरू