गोठ गाउँलाई युवाले बनाए झकिझकाउ

गोठ गाउँलाई युवाले बनाए झकिझकाउ

मोरङको सुन्दरहरैंचा नगरपालिका ७ गोठगाँउका स्थानीय युवाले ‘आफ्नो ठाउँ आफै बनाउ’ भन्ने अभियानलाई सार्थक तुल्याएका छन् । उनीहरुको प्रयासमा एक सातामा टोलका सडक किनारा आकर्षक देखिन थालेका हुन् ।

गत सातादेखि गोठगाउँ ७ का स्थानीय युवा सडकको लेनमा पुरानो टायरलाई रङरोगन गरेर आवतजावतमा सहजता र सडकको सौन्दर्यता थप्ने हिसाबले काममा खटिएका हुन् । सोही वडाकी सदस्य सीता अधिकारीका अनुसार स्थानीय युवाको मिहेनतले झकिझकाउ भएको उक्त सडकमा आज नेपालको झण्डा समेत राखिएको छ ।

युवा जोशलाई सम्मान गर्दै आज आफैँ उक्त ठाउँमा पुगेर बधाईका साथ हौसला प्रदान गरेको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जनआस्थासँको कुराकानीमा उल्लेख गरेका छन् ।

टिप्पणीहरू