काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरिँदै

काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरिँदै

काठमाडौं महानगरपालिकाले डोजर लगाएर घर टहरा भत्काएपछि पीडित बनेका परिवारले आज प्रदर्शन गर्ने भएका छन् । महानगरपालिकाले शंखमूल क्षेत्रको सडक चौंडा गर्ने क्रममा भवनहरू भत्काइएकोमा पीडित परिवारले प्रदर्शन गर्न लागेका हुन् ।

पुख्र्यौली निजी जग्गामा औचित्यहीन र गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै पीडित परिवारले विरोध प्रदर्शन गर्न लागेका हुन् । 

बिहान साढे १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा हुने भनिएको प्रदर्शनमा सम्पूर्ण न्यायप्रेमी व्यक्तिहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । गत पुष २७ गते काठमाडौ महानगरपालिकाले शंखमूलस्थित सडक चौंडा गर्ने भन्दै सडक आसपासको घरमा डोजर लगाएको थियो ।

टिप्पणीहरू