बागमतीमा बेपत्ता भएका खत्रीको शव फेला पर्यो

बागमतीमा बेपत्ता भएका खत्रीको शव फेला पर्यो

अस्ति चोभारबाट कारसहित बागमतीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ । चार दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव आज दुर्घटनास्थलभन्दा दुई सय मीटर तल फेला पारेको हो ।

चोभारस्थित जलविनायक पुल नजिकैबाट गत सोमबार बागमती नदीको किनारमा कारसहित खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १८, निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले फेला पारेको हो ।

उनी बा. ५ च ५६५४ को सिल्भर रङको कारसहित नदी किनारमा खसेको बताइन्छ । दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिकाकी अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी हुन् । सशस्त्र प्रहरीले खत्रीकाे शव नेपाल प्रहरीलाई बुझाएको छ ।

टिप्पणीहरू