फिदिममा गरियो अलैंची खेतीको खुलेर चर्चा

फिदिममा गरियो अलैंची खेतीको खुलेर चर्चा

पाँचथर सदरमुकाम अलैंचीबारे अन्तरक्रिया गरिएको छ । सदरमुकाम फिदिममा नेपाल अलैंची व्यवसायी महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा अलैंचीको बजार र गुणस्तर सुधारका लागि नीति निर्माणदेखि कृषकको उत्पादन तहसम्म गर्नुपर्ने कामका बारेमा छलफल भएको बताइएको छ । प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा सम्पन्न भएको कार्यक्रममा अलैंचीका समस्याबारे कृषक र सरोकारवाला बीचमा मन माझेर छलफल भएको हो ।

कुनै समय एक लाख २० हजार रुपैयाँ प्रतिमन (४० किलो) कारोबार भएको अलैंची हाल २५ हजार रुपैयाँमा किनबेच हुने गरेको छ । अलैंची उत्पादक कृषकले अलैंचीको उचित मूल्य नपाएपछि बगाननै मास्न थालेको गुनासो गरेका छन् ।

नेपालको अलैंचीको मुख्य बजार भारत हो । पछिल्लो समय भारतका विभिन्न क्षेत्रमा समेत ठूलो मात्रामा अलैंची उत्पादन हुन थालेकाले नेपालको अलैंचीको मूल्यमा त्यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् । 

कार्यक्रममा पाँचथरसहित इलाम र ताप्लेजुङका अलैंचाी कृषककोसमेत सहभागिता थियो ।

टिप्पणीहरू