राष्ट्रपतिको चुनावसम्ममा राष्ट्रिय सहमति जुट्ने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनसम्म राष्ट्रिय सहमति खोज्ने प्रयासलाई जारी राख्ने बताउनुभएको छ ।

सभामुखको चयनपछि आज संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावका लागि अझै समय बाँकी रहेकाले प्रतिपक्षलाई समेत समझदारीमा ल्याउन प्रयास गरिरहने बताउनुभयो । सत्ता साझेदार दलहरु र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोशिस गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सभामुख चयनमा सबै दलबीच सहमति जुट्न नसके पनि सत्ता साझेदार दलहरु एक ठाउँमा उभिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उपसभामुखको चुनावमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उहाँले बताउनुभयो ।

टिप्पणीहरू