पितृको तिथिमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र भोजन

पितृको तिथिमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र भोजन

पाँचथरमा एक दम्पतीले आफ्ना स्वर्गीय अविभावकको वार्षिक पुण्य तिथिमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण र भोजन गराएका छन् । 

फिदिम नगरपालिका ४ का देवीप्रसाद अधिकारी र उनकी धर्मपत्नी विमलादेवीले फिदिम २ मा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका १४ जना ज्येष्ठ नागरिकलाई बर्को, टोपीलगायत न्यानो कपडा र खाद्यान्न उपलब्ध गराएका हुन् । 

जनसेवा समाज पाँचथरको संयोजनमा उनीहरुले कपडा र खाद्यान्न वितरणसँगै भोजनसमेत गराएको बताइएको छ ।

कार्यक्रममा दाता दम्पती र परिवारका सदस्यसँगै फिदिम २ का वडाध्यक्ष दिनानाथ अधिकारी, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी र सिद्वपोखरी सेवा सदनका अध्यक्ष राधिकादेवी थापा पनि सहभागी भएका थिए ।

टिप्पणीहरू