काठमाडौंमा चिनियाँ नयाँ वर्षको रमझम

काठमाडौंमा चिनियाँ नयाँ वर्षको रमझम

काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ परम्परागत नयाँ वर्षको पूर्व सन्ध्यामा कार्यक्रम गरेको छ । होटल याक एण्ड यतिमा चिनियाँ नयाँ वर्ष र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङको विशेष स्वागतमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा चिनियाँ र नेपाली बालबालिकाको सांस्कृतिक प्रस्तुती देखाइएको छ । कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधान सेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, नेमकिपाका नेता प्रेम सुवाल र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित उपमहासचिव प्रदीप कुमार ज्ञवाली, अमृतकुमार बोहोरा सहभागी हुनुभएको बताइएको छ ।

त्यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपाका नेता अशोक राई, नेकपा माओवादीका तर्फबाट नेता कृष्णबहादुर महरा, उद्योगमन्त्री दामोदर भण्डारी पनि त्यहाँ पुग्नुभएको हो ।

टिप्पणीहरू