बेलायती राजदूतको भेट : अघिल्लो दिन प्रधानमन्त्रीसँग, भोलिपल्ट गृहमन्त्री

बेलायती राजदूतको भेट : अघिल्लो दिन प्रधानमन्त्रीसँग, भोलिपल्ट गृहमन्त्री

बेलायती राजदूत निकोला पोलिटले हिजो अस्ति शिष्टाचार भेट गर्नुभएको छ । उहाँले अस्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाँको सरकारी निवास बालुवाटारमा भेटघाट गर्नुभएको हो ।

हिजो राजदूतले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रीसँग भेट्न उहाँ सिंहदरवारस्थित गृह मन्त्रालयमा उहाँ दिउँसो साढे ४ बजेको समयमा पुग्नुभएको बताइएको छ । 

उहाँहरुबीच अपरान्ह आधा भण्टा कुराकानी भएको मन्त्रालय स्रोतले बतायो । भेटघाटपछि राजदूत पोलिट ५ बजेको समयमा सिंहदरबारबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू