रातको समयमा संसदीय टोली स्वदेश प्रस्थान

रातको समयमा संसदीय टोली स्वदेश प्रस्थान

नेपाल भ्रमणमा आएको फिनल्याण्डको संसदीय टोली गए राति स्वदेश फर्केको छ । आठ सदस्यीय टोलीमध्ये सात जना गए राति २ बजे कतार एअरवेजको उडानबाट दोहा हुँदै गएका हुन् । एक जना अस्ति फर्केका थिए ।  

टोली नेपाल आउँदा पनि केही टर्किस एअरलाइन्सको विमानमा र केही कतार एअरवेजको उडानमा आएका हुन् । सांसद जोनास कोन्ता नेतृत्वको टोलीमा आएको टोलीमा औटी आलान्को कोहिलुटो, आइनो काइसा पेकोनेन, हुसेन अल टाइ, इभा रिटा ब्युडेट र भिल्ले कौनिस्टो थिए । 

त्यसैगरी फिनल्याण्डको परराष्ट्र मन्त्रालयकी विकास नीति विभागकी प्रबन्ध निर्देशक टिटा जोहन्ना माजा र फिनल्याण्डस्थित राष्ट्र संघीय एसोसिएसनकी कार्यकारी निर्देशक हेलेना लौको पनि टोलीमा रहेको बताइएको छ ।

नेपाल आउँदा तीमध्ये पाँच जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन अराइभल भीसा लिएका थिए । त्यसरी अन अराइभल भीसा लिनेमा जोनास कास्पेरी कोनिटा, टिटा जोहान्ना माजा, साटु औटी, आइनो काइसा र इभा रिटा हुन् ।

टिप्पणीहरू