युवा संघद्वारा एमाले जिल्ला इञ्चार्ज निष्कासित

युवा संघद्वारा एमाले जिल्ला इञ्चार्ज निष्कासित

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले केही पदाधिकारी र सदस्यलाई निष्कासन गरेको छ । संघले तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज निवेश यादवसहितलाई निष्कासन गरेको जानकारी दिएको छ ।

संघको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभे्रपलाञ्चोकका वीरेन्द्र लामाले पार्टी र संघको हित विपरी गतिविधि गरेको बताएको छ । जारी विज्ञप्तिमा उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको व्यहोरा उल्लेख छ ।

टिप्पणीहरू