एअर इण्डिया र भिस्ताराको विमान आकाशमा ‘होल्डिङ’

एअर इण्डिया र भिस्ताराको विमान आकाशमा ‘होल्डिङ’

बाक्लो हुस्सुका कारण एअर इण्डिया र भिस्तारा एअरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । नयाँ दिल्लीबाट आएको एअर इण्डिया र मुम्बइबाट आएको भिस्ताराको विमान केहीबेर आकाशमा रोकिएको बताइएको छ ।

तर, यसबीचमा दुबई र दमामबाट आएका हिमालय एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज र सारजाँहबाट आएको एअर अरेबियाको विमान भने अवतरण गरेका छन् । यसबीचमा दोहाबाट आएको नेपाल वायुसेवाको विमान काठमाडौंमा अवतरण गरेपनि मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको नेपाल वायुसेवाको विमान कलकत्ता फर्केर अवतरण गरेको छ ।

अहिले घाम लाग्न शुरु भएकाले अब बिस्तारै आकाश खुल्ने विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंबाट उपत्यकाबाहिर उडान भर्ने आन्तरिक कम्पनीका विमानले पहाडी क्षेत्र र विमानस्थल खुलेका ठाउँमा उडान गरिहेका छन् ।

टिप्पणीहरू