शपथ नखाँदै देवराजले एमाले छोडे

शपथ नखाँदै देवराजले एमाले छोडे

नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारी छोडेको घोषणा गरेका हुन् ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । एमाले स्थायी कमिटी सदस्य र प्रदेश १ इन्चार्जसमेत रहका उनी हिजो प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । 

सभामुख घिमिरेले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

टिप्पणीहरू