काठमाडौँका मेयरले 'अचाक्ली' गरेको भन्दै राष्ट्रिय सभागृह घेराउ

काठमाडौँका मेयरले 'अचाक्ली' गरेको भन्दै राष्ट्रिय सभागृह घेराउ

काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा डोजर लगाएर घर टहरा भत्काएको बिरोधमा पीडित परिवारले आज राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् । 

गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै नेवार समितिका अध्यक्ष उमेश स्थापितको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराउनका लागि काठमाडौं महानगरपालिका नेवार समितिका अध्यक्ष स्थापितको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय सभागृह अगाडि भेला भएका छन् । 

सांसद, मन्त्रीलाई भेट्नभन्दा पनि मेयर भेट्न गाह्रो भएको भन्दै आक्रोशित स्थानीयले चर्को नारावाजी पनि गरेका छन् । त्यसक्रममा उनीहरुले ‘करचाँहि असुल्ने निजी सम्पत्ति अधिकार गुण्डागर्दी शैलीमा डोजर आतंक गर्ने !’,‘आफ्नो स्वामित्वको जग्गा ठेक्का भएको बाँकी सार्वजनिक खुल्लामञ्च हडप्न खोज्ने’,‘फोहोरमैला व्यवस्थापन कहाँ पुग्यो ?’,‘आफ्नो सार्वजनिक शौचालय व्यवस्थित नगर्ने अझ शुल्क उठाउने, अर्काको नीजि शौचालय सार्वजनिक बनाउनुपर्ने ?’जस्ता नारा लगाए । 

साथै, प्रदर्शनकारीहरुले फुटपाथ सुरक्षित गर्ने अभियान कहाँ पुग्यो भनि मेयर साहलाई प्रश्न पनि गरेका छन् ।  उनीहरुले भनेका छन्,‘सम्मानीय माननीय भेट्न सजिलो तर महानगरका मेयर महानगरवासीले भेट्न गाह्रो, किन ?’ टुकुचा खनेर यत्तिकै छोडेको उल्लेख गर्दै उनीहरुले सुकुम्बासी स्थानान्तरणको अभियान रोकिनुको कारण प्रष्ट्याउन माग गरेका छन् ।

टिप्पणीहरू