सभामुखमा हारेको काँग्रेसले उपसभामुख पनि नछाड्ने

सभामुखमा हारेको काँग्रेसले उपसभामुख पनि नछाड्ने

सत्तारुढ गठबन्धनविरुद्ध विपक्षी मोर्चा बनाएर सभामुखमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले उपसभामुखमा पनि आफैँले उम्मेदवार उठाउने भएको छ । आज बसेको काँग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । 

हिजो भएको सभामुख निर्वाचनमा काँग्रेसकी ईश्वरी रिजाल उम्मेदवार थिइन् । उनलाई काँग्रेस, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । तर उनी सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेसँग पराजित भइन् ।   

विपक्षी गठबन्धनका तर्फबाट सभामुखमा उम्मेदवार उठाएको काँग्रेसले उपसभामुख एकीकृत समाजवादीलाई दिने चर्चा थियो ।

टिप्पणीहरू