महिला उत्पीडनविरुद्ध सडक बहसमा आजाद

महिला उत्पीडनविरुद्ध सडक बहसमा आजाद

महिला उत्पीडनविरुद्ध भोलि सडक बहस कार्यक्रम हुने भएको छ । आजाद मोर्चाको आयोजनामा भोलि माइतीघर मण्डलामा सडक बहस कार्यक्रम गर्न लागिएको हो । 

बिहान ११ बजेदेखि बहस कार्यक्रम शुरु हुने बताइएको छ । कार्यक्रममा महिला अधिकारकर्मी रुबी खान, रुपा सुनार, देवी खड्का र सञ्जीव उप्रेतीले बहस गर्नेछन् । 

महिलाले लड्नुपर्ने अनेकन चरण, स्वरुप र चुनौतीहरुलाई स्वीकार गर्दै ‘न्यायको संघर्षमा सीमान्तकृत महिला’ शीर्षकमा बहस गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

टिप्पणीहरू