परराष्ट्र मन्त्रालयमा चीन र इजरायलका राजदूत

परराष्ट्र मन्त्रालयमा चीन र इजरायलका राजदूत

परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएका राजदूत सोङले त्यसपछि शिष्टाचार भेट थाल्नुभएको हो । सोही क्रममा आज परराष्ट्रमन्त्रीसँग भेट गर्नुभएको बताइएको छ ।

राजदूत सोङ भेटघाटको निम्ति साढे १२ बजेको समयमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुग्नुभएको थियो । उहाँ झण्डै एक घण्टा कुराकानी गरेपछि पौने २ बजेको समयमा त्यहाँबाट बाहिरिनुभएको मन्त्रालय स्रोतले बतायो । 

आजै मन्त्री पौडेलसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले पनि शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री र राजदूत गोडरबीच बिहान पौने ११ बजेदेखि सवा ११ बजेसम्म परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

टिप्पणीहरू