कलकत्ता डाइभर्ट भएको नेपाल वायुसेवाको विमान काठमाडौंमा अवतरण

कलकत्ता डाइभर्ट भएको नेपाल वायुसेवाको विमान काठमाडौंमा अवतरण File Photo

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कलकत्ता फर्केको नेपाल वायुसेवाको विमान केही बेरअघि काठमाडौं आइपुगेको छ । बिहान सवा ८ बजेको समयमा बाक्लो हुस्सुका कारण कम भिजिबिलिटीको कारण देखाउँदै उक्त विमान सिमरामाथिको आकाशबाट कलकत्ता गएको थियो ।

मलेशियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ विमान बिहानै कलकत्ता फर्केको हो । कलकत्तामा केहीबेर रोकिएपछि काठमाडौंको आकाश खुल्नासाथ विमान यहाँ आएको बताइएको छ । उक्त विमान पौने २ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

विमानमा १४७ जना यात्रु थिए । कलकत्ताबाट एक घण्टाको उडानपछि निगमको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आज बिहान अन्य अन्तर्राष्ट्रिय उडानका विमान अवतरण भए पनि एअर इण्डिया र भिस्तारा एअरका विमान केहीबेर सिमरामाथिको आकाशमा होल्ड भएका थिए ।

टिप्पणीहरू