विदेशमा रहेका नेपालीको पक्षमा काम गर्छु : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीको पक्षमा काम गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति काम गर्न चुनौतीपूर्ण अवसर पाएकाले त्यसलाई पूरा गर्ने प्रधानमन्त्रीको अठोट छ ।   

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनु छ र दिन्छु ।’

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नु छ, म त्यो गर्छु ।’

वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै प्रचण्डले त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । ‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसंगति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपार्इंहरूको साथ हुनेछ’, प्रधानमन्त्रीले भन्नुभयो ।

टिप्पणीहरू