क्रान्तिकारीको ताल्चा शिक्षा आयोगका कर्मचारीले तोडे

क्रान्तिकारीको ताल्चा शिक्षा आयोगका कर्मचारीले तोडे

चिकित्सा शिक्षा आयोगमा लगाइएको ताल्चा खुलाइएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ सानोठिमीस्थित आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको कार्यकक्षमा लगाइएको ताल्चा तोडिएको हो ।

अखिल क्रान्तिकारी (बहुमत) निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मिलन राईको नेतृत्वमा हिजो दिँउसो लगाइएको ताल्चा आज त्यहाँ कार्यरत कर्मचारीहरुले फुटाएका हुन् ।  ‘शैक्षिक माफिया होशियार’,‘अखिल क्रान्तिकारी जिन्दावाद’ लगायतका नारा लगाउँदै आधा दर्जनको संख्यामा रहेको समूहले हिजो दिउँसो साढे ३ बजे तालाबन्दी गरेको थियो । आन्दोलनकारीहरुले तालाबन्दी गरिएको व्यहोरा लेखिएको पत्रसमेत त्यहिँ फालेका थिए ।

टिप्पणीहरू