चर्पी नबनाएका चार जना सरकारी कर्मचारीमाथि कारबाही

चर्पी नबनाएका चार जना सरकारी कर्मचारीमाथि कारबाही

घरमा ट्वाइलेट (चर्पी) नबनाएका कपिलवस्तुका चार जना सरकारी कर्मचारी कारबाहीमा परेका छन् । पटक–पटक ट्वाइलेट बनाउन आग्रह गरिए पनि अटेर गरेपछि विजयनगर गाउँपालिकाले उनीहरुलाई कारबाही गरेको हो । 

गाउँपालिकामा कार्यरत ती कर्मचारीले घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को वडा कार्यालयले विभागीय कारबाहीको निम्ति पालिकालाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा पालिकाले विभागीय कारबाही गरेको जनाएको छ । 

 
वडाले विगतदेखि सञ्चालन गर्दै आएको सरसफाइ अभियानअन्तर्गत घरमा शौचालय बनाउन ती कर्मचारीलाई भनिए पनि अटेरी गरेपछि कारबाहीका लागि पालिकामा पत्र पठाइएको वडाध्यक्ष दिनेशकुमार चौधरीले बताए ।
 
गाउँपालिकाको कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियामाथि कारबाहीको सिफारिस गरिएको हो ।

टिप्पणीहरू