प्रतिपक्षको भूमिकाबारे छलफल गर्न संवैधानिक कानुनका ज्ञाताहरु जुटे

प्रतिपक्षको भूमिकाबारे छलफल गर्न संवैधानिक कानुनका ज्ञाताहरु जुटे

मुलुकका सबै ठूला राजनीतिक पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सदनमा प्रतिपक्षीय भूमिका कमजोर बनेको चर्चाबीच राष्ट्रिय सरोकार समूहले यसबारे छलफल चलाएको छ । 

राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट लाउन्जमा ’संसदीय लोकतन्त्रमा प्रतिपक्षको भूमिका र नेपाली अभ्यास’ विषयमा छलफल गरिएको छ । कार्यक्रममा सरोकार समूहका तर्फबाट डा.द्वारिकानाथ ढुंगेलले अध्यक्षता गर्नुभएको छ ।  वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ संवैधानिक विश्लेषक प्रा.विपिन अधिकारी, पूर्वमहालेखा परीक्षक शुकदेव भट्टराईलगायत दुई दर्जनको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू