तारा बरालको टोली स्वास्थ्य मन्त्रालयको मूल ढोकामा

तारा बरालको टोली स्वास्थ्य मन्त्रालयको मूल ढोकामा

आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल र उनको समूहले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई भेटेको छ । आज दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर बरालको टोलीले राज्यमन्त्री कार्कीसँग भेटघाट गरेको बताइएको छ ।

मन्त्रीको कार्यकक्षमा भएको उक्त भेटमा सहभागीहरुले भरतपुर क्यान्सर अस्पतालको बोर्ड गठन प्रक्रियामा गोप्य लेनदेन भएको दावी गर्दै त्यसको टेण्डर रोक्न माग गरेका छन् । सोक्रममा उनीहरुले यस्ता बोर्ड गठन पारदर्शी बनाउन र कानुनसम्मत गराउन राज्यमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् । 

सामाजिक सञ्जालमा उग्र प्रतिक्रिया जनाउँदै आएकी बराल आफूलाई चित्त नबुझेको विषयमा विरोधपत्र बोकेर जहाँ पनि पुग्ने गरेकै कारण विवादसँगै चर्चामा आउने गरेकी छन् । यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा निलम्बित अवस्थामै सर्वोच्च अदालतमा फर्किन खोज्दा उनको पक्षमा बरालको टोलीले नाराबाजी गरेको थियो । त्यसपछि सर्वोच्चको गेटमै बराल र बिरोधमा रहेका कानुन व्यवसायीहरुबीच झडप भएको थियो । बरालले एकजना वकिललाई लात्तिले हानेपछि प्रहरीले उनलाई पक्रेको थियो ।

टिप्पणीहरू