मुख्यमन्त्रीलाई १० दिनपछि विश्वासको मत

मुख्यमन्त्रीलाई १० दिनपछि विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । ४० सदस्यीय प्रदेशसभामा शर्मालाई २५ सदस्यको समर्थन प्राप्त भएको छ । बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा १४ मत खसेको थियो ।

मुख्यमन्त्रीलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मतसहित उनलाई २५ मत प्राप्त भएको हो । 

नेपाली काँग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका थिए । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेतासमेत रहेका शर्मा १० दिनअघि मुख्यमन्त्री नियुक्त भएका थिए ।

टिप्पणीहरू