सुकुम्बासी हटाउनुपर्ने मागपत्र बाघदरमा दर्ता

सुकुम्बासी हटाउनुपर्ने मागपत्र बाघदरमा दर्ता

उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन माग गरेको छ । 

समितिले विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी बागमती सभ्यताको संरक्षण गर्न र बागमती नदीको सांस्कृतिक तथा धार्मिक महत्व, कला एवम् सम्पदा मिचेर निर्माण गरिएका अनाधिकृत बस्ती हटाउन माग गरेको हो ।

राजधानीको बागदरबारस्थित काठमाडौं महानगरपालिकामा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई माग पत्रसहित हस्ताक्षर गरिएको कपडा बुझाउँदै समितिले अनाधिकृत बस्ती हटाउन सहयोग, समर्थन र ऐक्यबद्धताका लागि आग्रह गरेको छ । 

मेयर बालेन्द्र शाहलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ,‘विश्वसम्पदा सूचीमा रहेको पर्यटकीय बस्ती, राजधानीको बागमती सभ्यता संरक्षण गर्न अनाधिकृत बस्ती हटाउनको निमित्त उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समिति यहाँहरुको हरदम साथ सहकार्य, सहयोग, समर्थन र ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्दछौं ।’

पत्रमा २० सदस्यले हस्ताक्षर गरेका छन् । साथै, समितिले केही महिनाअघि बागमती किनारमा भएको घटनाप्रति आपत्तिसमेत जनाएको छ ।

टिप्पणीहरू