शीतल निवासले पछाडिको कुर्सीमा राखेपछि अर्जुननरसिंह असन्तुष्ट

शीतल निवासले पछाडिको कुर्सीमा राखेपछि अर्जुननरसिंह असन्तुष्ट

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति कार्यालयले सांसदहरुप्रति राम्रो व्यवहार नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

हिजो निर्वाचित सभामुख देवराज घिमिरेको आज आयोजित शपथ ग्रहण समारोहमा सांसदहरुलाई पछाडिका सीटमा व्यवस्थापन गरिएको भन्दै केसी असन्तुष्ट भएका हुन् । मर्यादाक्रमको १० औँ स्थानमा रहेका सांसदहरुलाई १३ औँ स्थानमा रहेका सचिवहरुभन्दा पछाडि राखिएकोमा आज फेसबुकमा लेखेर चित्त दुखाएका उनले राष्ट्रपति कार्यालयलाई मर्यादासम्बन्धी न्यूनतम व्यवस्था थाहा नभएको हो ? भनेर पनि सोधेका छन्  । 

‘सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको शपथग्रहणमा उपस्थित भएँ । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो’, सांसद केसीले लेखेका छन्, ’के शितल निवासलाई मर्यादासम्बन्धी न्यूनतम काइदा कानुन थाहा नभएकै हो ?’

टिप्पणीहरू