मुक्ताकुमारीलाई भोट हाल्न काँग्रेसको ह्विप

मुक्ताकुमारीलाई भोट हाल्न काँग्रेसको ह्विप

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भोलि हुने उपसभामुखको निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ताकुमारी यादवलाई मत हाल्न सांसदहरुलाई ह्विप जारी गरेको छ । 

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन् र यादवको पक्षमा भोट हाल्न भनेका हुन् । सत्ता गठबन्धनबाट उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी इन्दिरा रानाको विपक्षमा मतदान गर्न पनि प्रमुख सचेतक लेखकले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । 

उपसभामुख चयनका लागि भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

टिप्पणीहरू