सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले भाेलि आइतबारदेखि मंगलबारसम्म बिदा दिने निर्णय गरेको बताइएको छ । 

माघ ८,९ र १० गते सार्वजनिक बिदा दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बताए । ‘मिति २०७९ माघ ८,९ र १० गते तीन दिन सोनाम ल्होसारको अवसरमा हेलम्बु गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट मिति गत पुस २८ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । 

नेपाल सरकारले सोनाम ल्होसारको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गत वर्ष नै गरेको हो ।

टिप्पणीहरू