प्रधानमन्त्रीको सचिवालय विस्तार : अधिकांश पुरानै, मुख्य नियुक्ति बाँकी

प्रधानमन्त्रीको सचिवालय विस्तार : अधिकांश पुरानै, मुख्य नियुक्ति बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी सचिवालय विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तु दराई र स्वकीय सचिवमा रमेश मल्ल नियुक्त भएका छन् ।

त्यस्तै, पुत्री गंगा दाहाललाई पनि प्रचण्डले स्वकीय सचिव बनाउनुभएको छ । स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र सहसचिवमा गोकर्ण भट्टलाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीको प्रेस हेर्ने जिम्मा मनहरी तिमल्सिना र सूर्यकिरणले पाएका छन् । तिमिल्सिनाले प्रेस विज्ञ र सूर्यकिरणले प्रेस संयोजकमा नियुक्ति पाएका हुन् । 

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र सूचना प्रविधि विज्ञलगायत क्षेत्रमा भने नियुक्त गर्न बाँकी रहेको उहाँको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले यसअघि सचिवालयमै रहेकालाई नै प्रधानमन्त्री भएपछि पनि निरन्तरता दिनुभएको हो ।
 

टिप्पणीहरू