अमेरिकी वायुसेनाको विमान राति काठमाडौंमा अवतरण

अमेरिकी वायुसेनाको विमान राति काठमाडौंमा अवतरण

अमेरिकी वायुसेनाको एउटा विमान गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सी १७ आरसीएच १८१५ कल साइनको उक्त चार्टर विमान राति ९ बजे काठमाडौं आइपुगेको हो ।

विमानमा दुई टनभन्दा बढी सामान ल्याइएको छ । कार्गोसहित चालक दलका सदस्य र अन्य सरकारी अधिकारीहरु पनि काठमाडौंमा झरेको विमानस्थल कार्यालय स्रोतले बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अधिकृत माइकल जोसेफ कोसिलोन सोही जहाजबाट आएका छन् ।

टिप्पणीहरू