सैनिक टोली बोकेको विमान काठमाडौं आइपुग्यो

सैनिक टोली बोकेको विमान काठमाडौं आइपुग्यो

लेबनानमा तैनाथ नेपाली सेनाको शान्ति टोली आज बिहान काठमाडौं आइपुगेको छ । बेरुतबाट उडेको नेपाल वायुसेवा निगमको उडान बिहान साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल वायुसेवाको उडान नम्बर आरए २४१३ मा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको २१६ जनाको टोली आएको हो । पुरानो गोरख गण शान्ति सेना ६४ औं डफ्फाको तेस्रो रोटेशन उक्त टोली सेनानी सुशिल बानियाको कमाण्डमा फर्केको हो ।

 

टिप्पणीहरू