उपसभामुखको चुनावअघि बानेश्वरमा सर्वदलीय बैठक

उपसभामुखको चुनावअघि बानेश्वरमा सर्वदलीय बैठक

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक बोलाइएको छ । संसद भवनको शंकर हलमा सभामुख देवराज घिमिरेको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागितामा बैठक आयोजना गरिएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानलगायत सबैजसो दलका नेता तथा प्रनिनिधिको उपस्थिति रहेको बताइएको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालगायत झण्डै डेढ दर्जनको उपस्थितिमा बैठक बसेको छ । 

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा उपसभामुखको निर्वाचन गर्ने प्रमुख कार्यसूची छ ।

टिप्पणीहरू