राजनीतिमा इमान्दारिता, निष्ठा र समर्पण भाव हुनुपर्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको बताउनुभएको छ ।
आज पार्टी कार्यालय आलोकनगरमा रौतहट –काठमाण्डौ सम्पर्क मञ्चले आयोजना गरेको समसामयिक राजनैतिक विषयक प्रशिक्षण तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उक्त धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरण एवम् परिवर्तन आवश्यक छ । त्यसको निम्ति इमान्दारिता, निष्ठा र समर्पण भावले राजनीति गर्नुको विकल्प छैन।’
टिप्पणीहरू