सैनिक टोली बोकेको अर्को विमान मध्यरातमा काठमाडौं अवतरण

सैनिक टोली बोकेको अर्को विमान मध्यरातमा काठमाडौं अवतरण

लेबनानमा तैनाथ नेपाली सेनाको शान्ति टोलीको अर्को डफ्फा गएराति काठमाडौं आइपुगेको छ । बेरुतबाट आएको नेपाल वायुसेवा निगमको विमान मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल वायुसेवाको उडान नम्बर आरए २४१४ मा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ नेपाली सेनाको २२९ जनाको डफ्फा आएको हो । गोरख बक्स गण शान्ति सेना ६३ औं डफ्फाको तेस्रो फ्लाइट मिसन पूरा गरेर सेनानी योगेश महतोको कमाण्डमा स्वदेश फर्केको हो ।

डफ्फामा टोलीका २१३ जना, डेलिकेसन टिम ११ जना, बिदामा ६ जनासमेत गरि २२९ जना आएका हुन् । 

 नेपाल वायुसेवाको उडान नम्बर आरए २४१३ मा हिजो बिहान २१६ जनाको टोली आएको थियो । पुरानो गोरख गण शान्ति सेना ६४ औं डफ्फाको तेस्रो रोटेशन उक्त टोली सेनानी सुशिल बानियाको कमाण्डमा फर्केको हो ।

टिप्पणीहरू