माओवादी उपमहासचिव जनार्दन शर्माद्वारा एमालेसङ्ग मिलेर जाने घोषणा

माओवादी उपमहासचिव जनार्दन शर्माद्वारा एमालेसङ्ग मिलेर जाने घोषणा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपतिमा सत्ता गठबन्धनकै उम्मेदवार विजयी हुने धारणा व्यक्त गरेका छन् । शर्माले हिजोको संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सभामुख र उपसभामुखझैँ राष्ट्रपति पनि सत्ता गठबन्धनबाटै निर्वाचित हुने बताएका हुन् ।

शर्माको भनाइ छ, ‘माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा लाग्दैन । माओवादी त्यसरी नलागेपछि  राष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने निश्चित छ ।’

नेता शर्मा गत निर्वाचनको परिणामलगत्तै पूर्ववत काँग्रेस नेतृत्वको गठबन्धनलाई कायम राख्नुपर्ने धारणासहित सक्रिय भएका थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित वर्तमान सरकार बनाउन दिन नहुने भन्दै सक्रिय भएका समाचारहरु बाहिरिएका थिए । 

अघिल्लो सरकारमा अर्थमन्त्री रहेका शर्मा सर्वाधिक विवादमा मुछिएका पात्र हुन् ।

टिप्पणीहरू