मंगलबजारमा ‘भारत–नेपाल म्युजिक कनेक्ट’

मंगलबजारमा ‘भारत–नेपाल म्युजिक कनेक्ट’

काठमाडौंस्थित भारतीय दूतावासले ललितपुरको मंगलबजारमा ‘भारत–नेपाल म्युजिक कनेक्ट’ सांस्कृतिक कार्यक्रम गरेको छ । दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रम हिजो अपरान्हदेखि साँझसम्म भएको बताइन्छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलगायतको सहभागिता रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू