राष्ट्रपतिद्वारा प्रधानसेनापति बर्खास्त
ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले त्यहाँका सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन् ।
दुई साता पहिले सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सँयन्त्र चुकेको आरोपमा उनलाई बर्खास्त गरिएको बताइएको छ । राष्ट्रपतिले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गर्दै अन्य दर्जनौं सैनिक अधिकृतहरुलाई पनि बर्खास्त गरेका छन् ।
प्रदर्शनकारीहरुको तोडफोडबाट राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतका भवनमा क्षति पुगेको थियो ।
टिप्पणीहरू