आन्तरिक पर्यटन प्रवर्द्धन भन्दै एमाले डाँडातिर उक्लियो

आन्तरिक पर्यटन प्रवर्द्धन भन्दै एमाले डाँडातिर उक्लियो

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको हाइकिङ कार्यक्रम शुरु भएको छ । पर्यटन विभागको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनार्थ रातोपाटी हुँदै रिसालडाँडासम्म हाइकिङ थालिएको हो । 

संघका भक्तपुर जिल्ला अध्यक्ष रविन थापा र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको पहलमा भएको हाइकिङ कार्यक्रममा बागमती प्रदेश सांसद किरण थापामगर,एमाले जिल्ला कमिटी अध्यक्ष वचन देउजाको उपस्थिति छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुस्थित कार्यालयबाट निस्किएको टोलीमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्रान्ति बुर्लाकोटी,भक्तपुर जिल्ला समन्वय समिति प्रमुख ईश्वर थापा, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायत सात दर्जनको सहभागिता रहेको छ ।

टिप्पणीहरू