बालुवाटारमा प्रधानमन्त्री भेट्नेको ताँती

बालुवाटारमा प्रधानमन्त्री भेट्नेको ताँती

राजनीतिक, कूटनीतिक तथा विभिन्न पक्षीय भेटघाटमा व्यस्त भैरहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो पनि त्यत्तिकै भ्याईनभ्याईमा पर्नुभयो । उपसभामुख चयन गर्न दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा जानुअघि बालुवाटारमा उहाँले झन्डै आधा दर्जन भेटघाट गर्नुभएको थियो । 

बिहानै पत्रकार ऋषि धमला प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । पौने ९ बजे त्यहाँ पुगेका धमलाले सवा ९ सम्म प्रधानमन्त्री प्रचण्डलाई भेटघाट गरे । त्यसपछि माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र शक्ति बस्नेत अध्यक्ष भेट्न पुगे । शर्माले सवा ९ देखि पौने १० सम्म र बस्नेतले सवा ११ देखि ११:३५ सम्म भेटघाट गरेको बालुवाटार स्रोतले बताएको छ ।  

बस्नेत निस्केलगत्तै प्रधानमन्त्री भेट्न  राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराम थापा बालुवाटार पुगे ।  पौने १२ बजे त्यहाँ पुगेका थापा सवा १२ बजे निस्किएका थिए । प्रधानमन्त्रीले साँझ तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुईतसँग भेटघाट गर्नुभयो । प्रधानमन्त्री भेट्न डा. रुइत साँझ साढे ७ बजे बालुवाटार पुगेका थिए । भेटघाट झण्डै एक घण्टासम्म चलेको बताइएको छ ।

टिप्पणीहरू