स्थानीय तहमा बिदामाथि बिदा

स्थानीय तहमा बिदामाथि बिदा

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात नयाँ वर्ष आज विविध कार्यक्रम गरेर मनाइँदै छ । 

सोनाम ल्होसारको अवसरमा आज राजधानीको टुँडिखेलमा विभिन्न सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । ल्होसार मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

तर, काठमाडौंको दक्षिणकाली नगरपालिकाले सोनाम ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ । 

आज सोनाम ल्होसार मनाइँदै भएपनि नगरपालिकाले भोलि पनि छुट्टी दिन लागेको हो । भोलि नगरभित्रका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत अन्य संघसंस्था बन्द रहने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । 

नगरपालिकाले भनेको छ,‘सोमबारका दिन सोनाम ल्होसार पर्व मनाउन उक्त दिन यस नगरपालिकाको प्रशासनिक कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय एवम् यस नगरपालिकाअन्तर्गतका अन्य कार्यालयसमेतमा स्थानीय पर्व बिदाको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यता, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।

टिप्पणीहरू