अधिवेशन सकिएको एक वर्षपछि कमरेडहरुको कार्यविभाजन

अधिवेशन सकिएको एक वर्षपछि कमरेडहरुको कार्यविभाजन

नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि नेताहरुको जिम्मेवारी बाँडफाँट र कार्यविभाजन गरेको छ । जिल्ला कमिटीको छैटाैँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड गरेको हो । 

बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गरेको छ । क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ । सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन् । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरा संयोजक छन् । सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, बैठकले पालिका इन्चार्ज र सह–ईन्चार्ज पनि चयन गरेको छ । जसअनुसार बेंसीशहर नगरपालिकाको इन्चार्जमा यशोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना तोकिएका छन् ।  मध्यनेपाल नगरपालिकामा जनकराज मिश्र, इन्द्रप्रसाद रेग्मी र अमृत तमाङ क्रमश: इन्चार्ज र सह-इन्चार्ज बनेका छन् । 

सुन्दरबजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे,सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ । क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङले जिम्मा पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा जितबहादुर गुरुङ इन्चार्ज भएका छन् भने सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ । 

यता, दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले,सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिरे तथा राइनास नगरपालिकाको इन्चार्ज हिरालाल बिक, सह–इन्चार्ज शुभद्रा भुजेल र गोविन्द न्यौपानेलाई तोकिएको छ । साथै दूधपोखरी गाउँपालिकामा रामचन्द्र दवाडी इन्चार्ज हुँदा सगुन गुरुङले सह-इन्चार्ज पाएका छन् ।

टिप्पणीहरू