तीन वर्षदेखि १२ करोड रकम लिएर सुन पसले बेपत्ता

सर्वसाधारणको झण्डै १२ करोड रुपियाँ हात पारेर मोरङ्गको उर्लाबारीबाट एक सुन पसले बेपत्ता भएका छन् । उर्लाबारी  नगरपालिका ५ तरुण चोकमा सुन पसल सञ्चालन गर्दै आएका ४९ वर्षीय राजेश भनिने गोपाल गौतम सर्वसाधारणको रकम लिएर तीन वर्षदेखि सम्पर्कविहीन भएका हुन्  । 

उनी बेपत्ता भएसङ्गै उर्लाबारी आसपासका ३६ जना सर्वसाधारणको १२ करोड ५० लाख रुपियाँ असुरक्षित भएको छ ।मङ्गलबार पीडित सर्वसाधारणले उर्लाबारीबाट बस रिजर्भ गरी जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना समेत दिएका थिए । 

उनीहरुले सर्वसाधारणको रकम ठगी गर्ने गौतमलाई समातेर कारवाही गर्न र सर्वसाधारणको सम्पत्ति फिर्ता गराइदिन सम्बन्धित निकायसङ्ग माग गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालालाई भेटर फरार भएका गौतमलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन पीडितको आग्रह रहेको छ ।

टिप्पणीहरू