दुई भारतीय कूटनीतिज्ञको अपर्झट नेपाल आगमन

दुई भारतीय कूटनीतिज्ञको अपर्झट नेपाल आगमन

राष्ट्रपतिको चुनावअगाडि सत्ता समीकरण परिवर्तन हुने चर्चा चलिरहेका बेला दुई जना भारतीय कूटनीतिज्ञ सुटुक्क नेपाल आइपुगेका छन् । नेपालबारे जानकार मानिने कूटनीतिज्ञ आदित्य मिश्र र प्रभात कुमार आज अपराह्न काठमाडौँ उत्रिएका हुन् । 

उनीहरु भिस्तारा एअरको युके १५५ उडानबाट पौने चार बजे काठमाडौँ ओर्लिएको बताइएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशंकर या सचिव विनयमोहन क्वात्रा नेपाल आउन लागेको तर,यहाँको राजनीतिक परिस्थिति एकाएक प्रतिकूल बनेकाले अन्तिम समयमा रोकिएको चर्चा थियो । 

नेपाली काँग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गरेको यहाँस्थित भारतीय दूतावासले पुन: आफ्नो सक्रियता बढाएको भनिएका बेला भारतीय कूटनीतिज्ञ नेपाल आउनुलाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू