प्रधानमन्त्री शीतल निवासमा, सभामुख बालुवाटारमा

प्रधानमन्त्री शीतल निवासमा, सभामुख बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । सभामुख घिमिरे प्रधानमन्त्रीसँग छलफल गर्न केही बेरअघि त्यहाँ पुग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो । राष्ट्रपतिसँग भेटवार्ताको निम्ति प्रधानमन्त्री दाहाल साँझ पौने ७ बजेको समयमा शीतल निवास पुग्नुभएको हो ।

उहाँहरुबीच करिब ४५ मीनेट कुराकानी भएको थियो । प्रधानमन्त्री साढे ७ बजे बालुवाटारस्थित निवासमा फर्किसक्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू