महासचिवको जिल्लामा एमाले नेताको दावी-रास्ट्रपतिमा धेरै हल्ला नगर
नेकपा एमालेका नेता तथा पूर्व सन्चारमन्त्री पार्वत गुरुङ्गले राष्ट्रपति र उपराष्ट्रपतिमा आफ्नो पार्टी र माओवादी केन्द्रबीच एक महिनाअगाडि नै सहमति भइसकेको बताएका छन् । गुरुङले उक्त सहमति विपरीत हुनेगरी नेपाली काँग्रेसले अहिले राष्ट्रपतिमा रोइलो गर्नुको कुनै अर्थ नभएको पनि बताए ।
प्रेस चौतारी दाङ्गद्वारा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सत्तारूढ दलहरुबीच राष्ट्रपति तथा उपराष्ट्रपतिमा भागबण्डा गर्ने सहमति भइसकेको अवस्थामा सहमतिबेगर काँग्रेस वा सत्तारुढ दल बाहिरबाट राष्ट्रपति चुनिने विषय निराधार हल्ला मात्र हो ।’
उनले यसअघि काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सही दिशामा अघि बढाएको गुरुङको तर्क छ । सोही दिशामा लैजाने क्रममा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीको भागमा राखिएको नेता गुरुङले बताए ।
टिप्पणीहरू