पम्फा भुसाल एकाबिहानै दिल्लीबाट काठमाडौं

पम्फा भुसाल एकाबिहानै दिल्लीबाट काठमाडौं

माओवादी केन्द्रकी उपमहासचिव तथा पूर्वमन्त्री पम्फा भुसाल केही बेरअघि काठमाडौं आइपुग्नुभएको छ । उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट आउनुभएको बताइएको छ । नेतृ भुसाल एअर इण्डियाको उडान नम्बर एआई २१३ बाट पौने ९ बजे  कोलम्बोबाट क्रममा नयाँ दिल्लीलाई ट्रान्जिट बनाएर आउनुभएको हो । 

गठबन्धन परिवर्तनका कारण उर्जामन्त्रीबाट बाहिरिएपछि निजी भ्रमणको क्रममा श्रीलंकाको राज धानी कोलम्बो,क्याण्डी र हम्बन्टोला बन्दरगाहको भ्रमण गरेर फर्केको उहाँले जानकारी दिनुभएको छ । उक्त बन्दरगाह चीनको आर्थिक सहयोगमा निर्माण भएको हो । उहाँको बहिनी ज्वाईं बासुदेव मिश्र अहिले श्री लँकाको लागि नेपाली राजदूत हुनुहुन्छ ।

 

टिप्पणीहरू