भीम रावललाई कारबाही गर्ने मागको तुरुन्तै प्रतिवाद

भीम रावललाई कारबाही गर्ने मागको तुरुन्तै प्रतिवाद

राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्षले आफ्नो मात्री पार्टी एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई तत्काल कारबाहीको माग गरेलगत्तै रावलका हितैषी एकीन्द्र कुँवरले प्रतिवाद गरेका छन् । संघका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बीसीले रावलमाथि हिजो कारबाहीको माग गरेका थिए । 

राष्ट्रिय युवा संघ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बीसीले कुनै हालतमा रावललाई कारबाही हुनुपर्ने बताएका छन् । 

गत आम निर्वाचनमा रावलले एमाले उम्मेदवारहरूलाई हराउन सक्रिय र महत्वपूर्ण भूमिका खेलेको आरोप लगाइएको छ । सोही आरोपलाई हिजोको कार्यक्रममा बीसीले उछालेका थिए ।

 

टिप्पणीहरू