उपसभामुख बन्नेबित्तिकै इन्दिराले छाडिन् रास्वपाको जिम्मेवारी

उपसभामुख बन्नेबित्तिकै इन्दिराले छाडिन् रास्वपाको जिम्मेवारी

नवनिर्वाचित उपसभामुख इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण जिम्मेवारीबाट अलग भएकी छन् । उनले आज विज्ञप्ति जारी गर्दै उपसभामुखमा रहँदा स्वतन्त्र,निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले रास्वपामा रहेका सबै जिम्मेवारी छोडेको घोषणा गरेकी हुन् । 

‘पदको भूमिकालाई स्वतन्त्र,निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 

झापाकी इन्दिरा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन् ।
 

टिप्पणीहरू