पर्यटनमन्त्री एअरपोर्टपछि न्यूरोड गेटमा

पर्यटनमन्त्री एअरपोर्टपछि न्यूरोड गेटमा

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको हेड अफिस निरीक्षण गर्नुभएको छ । मन्त्री किराती निगमको न्यूरोड गेटसँगै रहेको मुख्यालय अनुगमनको निम्ति भर्खरै पुग्नुभएको हो । मन्त्रीलाई निगमका कार्यकारी प्रमुख युवराज अधिकारीसहित त्यहाँका कर्मचारीले स्वागत गरेका छन् । क्याप्टेन विजय लामा पनि स्वागत कार्यक्रममा उपस्थित रहेको बताइएको छ ।

मन्त्री किराती गत साता कार्यभार सम्हालेलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणको निम्ति बिहानको समयमा त्यहाँ जानुभएको थियो ।

 

टिप्पणीहरू